मेरो नाम सुमित्रा आले मगर म काठमाडौं बाट मेरो घर धदिङ... (आँखा भरी आशु भाए पनि रुन सकेको छैन मुटु भरी माया भाए पनि कसैलाई दिन सकेको छैन
घटनामा एकै टोलका २ बालक र १ बालिकाको मृत्यु भएको जनाउँदै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरिक्षक लालब्वज सुबेदीले बताए । मृत्यु हुनेमा महेशपुर पतारी ४ निवासी सुदीश मण्डलकी १२ वर्षीया छोरी गुडिया मण्डल, कृपाल मण्डलको १० वर्षे छोरा सुदन मण्डल र सशवदयाल साफीको १० वर्षे छोरा रामबाबु साफी छन् ।

Sunday, September 5, 2010

पर्वत, भाद्र २१ - साताअघि सिनेमा स्कोपको चलचित्र 'किन लाग्छ माया' सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।

दुवैले पहिलो पटक मुलुकुकै अग्लो पुलमा अभिनय गर्ने अवसर पाएका हुन् । र, यसको चाँजोपाँजो निर्देशक गोपालचन्द्र लामिछानेले गरेका हुन्, जो पर्वतकै हुन् ।
प्रेमकथामा आधारित 'किन लाग्छ माया' मा धौलागिरि अञ्चलको कथावस्तु छ । पपुलर मल्टी मिडियाद्वारा निर्मित चलचित्रको एउटा गीतको छायांकन अग्लो पुलमा गरिएको हो । दुई दिनसम्म लगाएर छायांकन गरिएको चलचित्रमा पाँच प्रतिशत कुश्मा बजार आसपास र पुलको दृश्य कैद गरिएको छ । अविनाश श्रेष्ठको कथा रहेको चलचित्रमा निखिल उप्रेती, झरना थापा पनि मुख्य भूमिकामा छन् ।
फिल्ममा शंकर लामिछाने नवनायकको रूपमा देखा परेका छन् । माया भन्ने कुरो प्रेमीले प्रेमिकालाई मात्र नभएर आमाले छोरालाई दिदीले भाइलाई पनि गर्छन् भन्ने सन्देश दिन खोजिएको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र लक्ष्मण शेषकले संगीत दिएका हुन् ।

शिव रेग्मीका चेला रहेका निर्देशक लामिछानेले रेग्मीद्वारा निर्देशित चलचित्र 'सुखदुःख' र 'ए मेरो हजुर' मा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । 'बोक्सी' जस्तो चलचित्रको निर्देशन गरिसकेका लामिछानेले निर्देशन गरेको यो पाचौं मूलधारको चलचित्र हो । माघे संक्रान्तिको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रका छायाँकार दीपक बज्राचार्य हुन् । पात्रका आधारमा कथा तयार पारिएकाले चलचित्रलाई दर्शकले रुचाउनेमा निर्देशक लामिछाने ढुक्क छन् ।

पाँचवटा गीत समाविष्ट चलचित्रका रचनाकार प्रमेाद ढुंगाना हुन् । 'अधिकांश निर्देशकहरू सुटिङका लागि नाम चलेका सहरमा जाने गर्छन्,' लामिछानेले भने, 'तर चलचित्र सुटिङका लागि पर्वत भर्जिन लोकेसन रहेछ ।' उनले चलचित्र सुटिङ गरेर फर्किएपछि दर्जन बढी निर्माता र निर्देशकले पुलमा सुटिङ गर्न समस्या झेल्नुपर्ने/नपर्ने भन्दै सोध्ने गरेको बताए । उनले सबैलाई सुटिङका लागि पुल आपसपासको क्षेत्र उपयुक्त भएकाले जान सुझाव दिएको बताए ।

मोदीखोलामा निर्मित १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो उक्त पुल सञ्चालनमा आएको वर्ष दिन नबित्दै आधा दर्जन म्युजिक भिडियो, साना र ठूला चलचित्रहरू सुटिङ भइसकेका छन् । पोखरा नगरीलाई चलचित्र सुटिङको केन्द्र बनाउँदै आएका निर्माता/निर्देशक समेत अग्लो पुललाई सुटिङ स्पर्ट बनाउने ध्याउन्नमा लागेका छन् । पप, आधुनिक, दोहोरी गीतको भिडियो र चलचित्र सुटिङका लागि निर्माताहरूले बारम्बार फोन गरेर लोकेसन सोध्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताए ।

Saturday, September 4, 2010

चैत र बैशाख वसन्त ऋतु वनैमा फूल फुल्यो
सिरिरि हावा वहदा खेरि त्यसैमा मन डुल्यो
चादिको रङमा टल्केछ हिमाल उत्तरि पाखैमा
खोला र नाला गाउ र बेशि घुम्दैछ आखैमा।

ति सेता बादल उडेर जान्छन हिउचुलि छुनलाइ
हेरन साथि आगनमा बसि पुर्णेको जुनलाइ
कुहुमा कुहु कोइलिको स्वर गुन्जन्छ वनभरि
सुनौन साथि रुखमुनि बसि एकै छिन मनपरि।
जाउन साथि हिमालै माथि कस्तो पो होला हिउ
आउन साथि कुवाको पानि अन्जुलि बनाइ पिउ

ठाने है साथि पबित्र भनि स्वदेशको माटोलाइ
जाउ अझ माथि नबिर्सौ साथि यो आफ्नो बाटोलाइ।